काठमाडौं । विश्वप्रसिद्ध जर्मन फुटबलर गर्ड मुलरको निधन भएको छ । जर्मनी तथा बायर्न म्युनिखका लिजेन्ड खेलाडी मुलरको ७५ वर्षको उमेरमा निधन भएको हो ।
उनले पश्चिम जर्मनमा लागि ६२ खेलमा ६५ गोल गरेका थिए । साथै, बायर्न म्युनिखका लागि ६०७ म्याचमा ५६६ गोल गरेका थिए । मुलरले विश्वकप फुटबलमा गरेको १४ गोल लामो समयसम्म धेरै गोलको रेकर्डमा कायम भएको थियो ।
अझै पनि उनी जर्मनीका मिरोस्लाभ क्लोस १६ गोल, ब्राजिलका रोनाल्डो १५ गोलपछि तेस्रो स्थानमा छन् । मुलरले १९७० र १९७४ को विश्वकप फुटबल खेलेका थिए ।









