बालमैत्री तथा बाल श्रम मुक्त नगर घोषणाको लागि बुद्धभूमिले घरधुरी सर्वेक्षण गर्ने
कपिलबस्तु, ४ भदौ। बुद्धभूमि नगरपालिले बालमैत्री तथा बाल श्रम मुक्त नगर घोषणको लागि आवश्यक तथ्यांक संकलन तथा घरधुरी सर्वेक्षण गर्ने भएको छ । शुक्रबार बुद्धभूमि नगरपालिका कपिलबस्तुको सभाहलमा विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी, अगुवा, नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सूचना तथा शाखा अधिकृत, शिक्षा, स्वास्थ्य, बालबालिका तथा महिला शाखा प्रमुख तथा प्रतिनिधीहरु विचको छलफलमा बुद्धभूमि नगरपालिकालाई बालमैत्री तथा बाल श्रम मुक्त नगरपालिका घोषणाका लागि घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको हो । साथै बुद्धभूमि नगरपालिकालाई बालमैत्री नगरपालिका घोषाणको लागि आधारभुत सूचना तथा बालश्रममुक्त घोषणको लागि आवश्यक पर्ने सूचकहरुको तथ्यांक संकलन, सर्वेक्षणको लागि स्थानिय संस्थाहरु संग संझौता समेत गरिएको छ ।

आधारभुत सर्वेक्षणको संझौता पत्रमा बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ र उप प्रमुख मिरा थारुको रोहवरमा बुद्धभूमि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल र संस्थागत तर्फबाट घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका क्षेत्रीय संयोज दुर्गा अर्यालले हस्तक्षण गर्नुभएको छ । त्यस्तै बुद्धभूमि नगरपालिकालाई बाल मैत्री स्थानीय शासन घोषणाको लागि आधारभूत सर्वेक्षण कार्यलाई अगाडी वढाउनको लागि बुद्धभूमि नगरपालिका सूचना तथा शाखा अधिकृत राजन कुमार पोख्रेलको संयोजकमा ९ सदस्यीय समिति गठन समेत गरेको छ । जसको सदस्यहरुमा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका दुर्गा अर्याल, कालिका स्वालम्बन सामाजिक केन्द्रका अर्जुन थापामगर, किर्डाक नेपालका कृष्ण रावल, दलित मानव अधिकार निगरानी समितिका देवेन्द्र कुमार पासी, इन्दे्रणी ग्रामिण विकास केन्द्रका विष्णु पौडेल, जन आदर्श सामुदायिक केन्द्रका रोमलाल खनाल, बुद्धभूमि नगरपालिकाका अन्जुली पन्थी रहनु भएको छ । भने बुद्धभूमि नगरपालिकाका तर्फदेखि नै सुचना तथा प्रविधिक प्रमुख विमर्श खनाल सदस्य सचिवमा रहनुभएको छ ।
त्यस्तै आधारभूत सर्वेक्षण कार्यलाई अगाडी वढाउन बालमैत्री स्थानीय शासनका न्यूनतम सूचकहरु तथा प्रश्नवली माथि छलफल गरिएको थियो । साथै कार्यदलको छलफल पश्चात प्राप्त सुझावलाई समेटि बालमैत्री स्थानीय शासन तथा बालमैत्री नगरपालिका घोषणाको लागि प्रश्नावली मोवाईल एप्लीकेसन तयार गर्न बुद्धभूमि नगरपालिकाका सूचना तथा प्रविधिक प्रमुख विमर्श खनालको संयोजगमा ४ सदस्यीय प्राविधिक समिति गठन समेत गरेको छ । जसमा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका दिवास घिमिरे, कालिका स्वालम्बन सामाजिक केन्द्रका अर्जुन थापामगर र किर्डाक नेपालका अमर बहादुर विकालाई जिम्मा दिईएको छ । बालश्रम मैत्री नगर घोषाणाको लागि आधारभुत तथ्यांक संकलन साझेदार संस्थासंग संझौता अगाडी वढाउने उक्त कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभूमि नगरपालिकालाई छिट्टै नै बालश्रम मैत्री नगर घोषणा गर्ने बताउँनुभयो । उहाँले कोविडको कारणले आफूहरुले बुद्धभूमि नगरपालिकालाई बाल मैत्री नगरपालिका घोषणा गर्ने कार्यलाई अगाडी लैजान केही ढिलाई भएपनि अब सझेदारी संघसंस्थाको सहकार्यमा छिट्टै नै बालमैत्री नगरपालिका घोषणा गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाँले आफुहरुले बुद्धभूमिलाई बाल विवाह मुक्त, पूर्ण सक्षरता, पूर्ण खोप मुक्त नगरपालिका घोषाणा समेत गरिसकेको बताउँनुभयो । उक्त कार्यक्रममा नगर उप प्रमुख मीरा थारु, जन स्वास्थ्य अधिकृत खुवीराम खनाल, बुद्धभूमि शिक्षा शाखा प्रमुख माधव पौडेल, दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मीना परियार, किर्डाक नेपालका अमर बहादुर विका, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कमल चौधरी, इन्द्रेणी ग्रामिण विकास केन्द्रका मनोज पन्थी लगायतको सहभागीता रहेको थियो ।












