देवस्थल मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा गुरुङ

प्रकाशित मिति:

बुटवल । बुटवल योगिकुटीस्थित देवस्थल मन्दिर व्यवस्थापन समितिको १२ औं साधारण सभा तथा ८ औं अधिवेशनले अशोक गुरुङको अध्यक्षतामा आगामी चार वर्षका लागि नयां कार्यसमिति निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा पुष्पा न्यौपाने शर्मा,उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव कमल नेपाल,कोषाध्यक्ष हरि घिमिरे,सहसचिव रनमाया चापागाई र सहकोषाध्यक्षमा नन्दलाल पाण्डे निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा श्याम पोखरेल,एकदेव न्यौपाने,मन्जु खड्का,बीरबहादुर खाती,बद्रीप्रसाद लम्साल निर्वाचित भएका छन् । नयां कार्यसमिति चयनका लागि पत्रकार महेन्द्र थापा,सुरज भट्टराई र सुस्मा अर्यालको निर्वाचन मण्डल बनेको थियो ।

बुटवल र तिलोत्तमाको संगमस्थल एवं सोह्र–छत्तिस सिंचाई कुलोको माझ आध्यात्मिक चिन्तन मनन् साथै थकान बिसाउने शितल छहारी बन्न सकोस् भन्ने दुरदर्शिताका साथ देवस्थल मन्दिर निर्माण गरिएको थियो । मन्दिर बनाउन बुटवलका समाजसेवी स्वर्गीय शेरबहादुर गुरुङले करिब ९ कठ््ठा जग्गा दिएका थिए । मन्दिरलाई समयानुकूल पुनः निर्माण गरि धार्मिक पर्यटकिय क्षेत्र बनाउन अहिलेको पिंढी माथि गहन जिम्मेवारी आएको नव निर्वाचित अध्यक्ष अशोक गुरुङले बताए । अधिबेशनबाट सर्वसम्मत नेतृत्वको जिम्मेवारी दिनुहुने सबैमा अध्यक्ष गुरुङले धन्यवाद सहित आभार प्रकट गरेका छन् ।