बुटवल – जबरजस्तीकरणी उद्योग आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ९बब्लु० धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।अदालतका स्रेतेदार शोभाकर खरेलले अदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको जानकारी दिए । ‘
आज दुवै पक्षको बहसपछि अदालतले उहाँलाई धरौटी रकम मागेको थियो,’ उनले भने, ‘आदेश बमोजिमको रकम बुझाएर रिहा हुनुभएको छ ।’थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासीनीको इजलासले शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो । सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले अफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेका थिए । प्रहरीले करिब दुई हप्ताको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको थियो । सरकारी वकिल कार्यालयले सोमबार अदालतमा शुक्लाविरुद्ध जवर्जस्तीकरणी उद्योगमा अभियोग दायर गरेको थियो ।









