सुरेश परियार,भदौ १० गते- सैनामैनाका सफल युवा ब्यवसायी निराजन घिमिरेले एक सामुदायिक स्कुलमा अक्षयकोष स्थापना गरेका छन् । ३० औं जन्मदिनको अवसरमा सैनामैना ५,रामापुर बस्ने निराजन घिमिरेले स्वः हजुरबुवा÷हजुरआमाको स्मृतिमा जनकल्याण माध्यमिक विद्यालयलाई रु.२ लाख बढि आर्थिक सहयोग गरेका हुन् ।
निराजनका स्व ःहजुरबा दधिराम घिमिरे र स्व हजुरआमा इन्द्रकला घिमिरेको स्मृतिमा गरिब,अनाथ,अपांग तथा जेहेन्दार बिद्यार्थीको छात्रबृतिका लागि रु.दुई लाख १७ हजार ५ सय ५१ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका हुन् । सो रकम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त पाण्डेयलाई हस्तान्तरण गरेका हुन् ।
आर्थिक अभावका कारण शिक्षाबाट कोही पनि विधार्थीहरु बन्ञ्चित नहुने भन्ने उदेश्यले आफुले सहयोग गरेको बताएका छन् ।गरिब,अनाथ,अपांग तथा जेहेन्दार बिद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्न सके मात्र देशले विकासको काँचुली फेर्ने सक्ने बताउदै छात्रबृत्तिबाट विधार्थीहरु उत्साहित र प्रोत्साहित हुने घिमिरेले दावि गरेका छन् । ब्यवस्थापन समितिका अध्यक्ष बसन्त पाण्डे धन्यवाद ज्ञापन गर्दै जन्मदिनको अवसरमा प्रदान गरेको यो रकम विधार्थीहरुको हितमा खर्च गरिने बताएका छन् । सवैले यो अभियानलाई निरन्तरता दिन आग्रह समेत पाण्डेले गरे ।









