काठमाडौं २० मंसिर – काठमाण्डुको गोंगबुस्थित एक ग्यारेजबाट माइक्रो निकाल्ने क्रममा एकजना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ वर्षीया जिया यादव छिन् । उनी झापा घर भइ गोंगबुमा डेरा गरी बस्दै आएका सोही ग्यारेजका कामदारकी छोरी हुन् ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंका अनुसार टायरमा हावा हालेर निस्किने क्रममा बा १ ज ८४५९ नम्बरको माइक्रोले बालिकालाई किचेको थियो ।
प्रसाईंका अनुसार माइक्रो र चालकलाई अहिले नियन्त्रणमा लिइएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।












