अविरल पानीले गर्दा सरकारी कार्यालयका सेवा बन्द

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ १३ गते
नवलपरासी

पश्चिम नवलपरासीमा अविरल पानीका कारणले अधिकास सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ । शुक्रवार देखी नै परिरहेको पानीका कारण अधिकास सरकारी कार्यालयहरू डुबानमा परेका छन । डुबानका कारण सरकारी कार्यलयमा रहेका कागजात तथा कम्प्युटर लगायतका मेसिनरी सामनहरु समेत बिग्रेपछि तत्कालै सेवा दिन नसकिने  जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यलय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्याल, शिक्षा समन्वय इकाई कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन लगायतका कार्यालयहरु डुबानमा परेका थिए । डुबानका कारण तत्काल सेवा दिन नसकिने भएको हो ।

 

गत शुक्रबार अविरल वर्षाका कारण आएको भीषण बाढीले सदरमुकाम परासी बजार पुरै डुबानमा परेको थियो ।