नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्र भित्रका बाढि प्रभावीत परिवारलाई तत्कालै राहत स्वरुप नगद रकम उपलब्ध गराउन सुरु गरेको छ । नगरकार्यपालिकाको बैठकले नगरभित्रका बाढि प्रभावितहरुलाई तत्कालै राहत उपलब्ध गराउने निर्णय अनुसार प्रति प्रभावीत परिवारलाई तत्कालका लागि रु दुई हजार दरले रकम वितरण सुरु गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।
नगर प्रमुख गुप्ताले समान खरिद गरेर दिन समय लाग्ने भएकाले तत्कालै राहत स्वरु खाद्यन्न खरिदनका लागी नगद दिन सुरु गरिएको प्रमुख गुप्ताले जानकारी दिनुभयो । दैनिक आवश्यक सामाग्रिहरु दाल चामल, तेल लगाएतका खाद्यान्न समाग्रि बापतको खर्च जोडेर रकम सहयोग गरिएको उहाँले बताउनुभयो । बाढी प्रभावीत हरुको लगत पनि संकलन गर्दै जाने र तत्कालै राहत स्वरुप खाद्यन्न खरिदका लागी नगद उपलब्ध गराउन सुरु गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।
यस्तै नगरपालिको रामग्राम १८ पम्फापुरमा बाढिमा डुबेर मृत्यु भएका बाबु छोराको परिवारलाई क्रिया खर्च बापत २५ हजार रुपैँया दिने पनि कार्यपालिकाको बैठकले निर्णय गरेको छ । रामग्राममा ९४ ओटा कच्चि घर टहरा भत्किएको छ भने ४० ओटा घर टहरा आशिंक रुपमा भत्किएको नगरप्रमुख गुप्ताले बताउनुभयो ।गरिब विपन्नलाई प्रमुख प्राथमिकतामा राखेर राहत वितरण गरिनेर बाढि प्रभावित क्षेत्रमा यस अगाबै अत्यआवश्यक औषधी सहित स्वास्थ्यकर्मिको टोली पठाईसकिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनुभयो













