भारतीय फुटबल टिम आज नेपाल आउने

प्रकाशित मिति:

काठमाडौं । भारतीय फुटबल टिम आज ९सोमबार० नेपाल आइपुग्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आउने भएको हो । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले भारतीय टिम सोमबार दिउँसो नेपाल आइपुग्ने जनाएको छ ।

भारतीय टिम दिउँसो ३ः४५ बजे काठमाडौं ओर्लने छ । भारतले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । इन्डिया फुटबल फेडेरेसनले मैत्रीपूर्ण खेलका लागि शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

भारतको टोलीमा कप्तान सुनिल क्षेत्री सहितका खेलाडीहरु छन् । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ गतेसम्म हुनेछ ।