रूपन्देहीमा भदौ मसान्तसम्म निशेधाज्ञा लम्बिएको छ । बैसाख १५देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो । यस बिचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निशेधाज्ञामा रोक लगाइएका सबै नियमलाइ निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।









