दाङमा सिस्नेखोलाले जिप बगाउँदा चारजनाको मृत्यु

प्रकाशित मिति:

दाङ – दाङमा बाढीले गाडी बगाउँदा चारजनाको मृत्युभएको छ ।घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदीबहिनीसहित चारजनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।घटनामा परि घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुवर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।