बुटवल १० मा क्याप्टेन थापा सर्वसम्मत

प्रकाशित मिति:

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका – १० को वडा सभापतिमा क्याप्टेन किशनबहादुर थापा निर्विरोध चयन भएका छन् । उपसभापतिमा रामकुमार श्रेष्ठ र कृष्ण रानाभाट, सचिवमा चिरञ्जीवी श्रेष्ठ र प्रकाश भट्टराई , सहसचिवमा पुष्पा कार्की र प्रेम बहादुर गुरुङ रहेका छन् । यस्तै, सदस्यहरुमा चित्रबहादुर थापा, दिनेश रेग्मी, जय प्रकाश शर्मा, गंगाकुमारी गुरुङ्ग, नारायण श्रेष्ठ, डिल्लिराज अर्याल, तिलक काउछा, दल बहादुर श्रेष्ठ, महेश्वरी रेग्मी, सबिता श्रेष्ठ, बुद्धिबहादुर गुरुङ्ग, ज्ञानकुमारी राना रहेका छन् ।