आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बांगलादेशसँग गोलरहित बराबरी गरेको हो। नेपालले अधिकांश समय बांगलादेशलाई दवावमा राखे पनि गोल गर्न सकेन।
एएफसी एसियन कपको छनोटको तयारीका लागि नेपालले बांगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि पहिलो मन्त्रैपूर्ण खेलमा भने नेपालले १-० को जित निकालेको थियो।
उज्वेकिस्तानमा हुने एसियनको छनोटमा नेपाल समुह ‘एफ’मा छ। नेपालको समूहमा रहेका फिलिपिन्ससँग २ असोजमा र हङकङसँग ५ असोजमा प्रतिस्पर्धा गर्नेछ।