प्रकाश न्यौपाने
भाद्र २९ गते
नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपरासीले पत्रकारहरुको दुर्घटना बिमा गरिदिएको छ । सामुहिक दुर्घटना बिमालेख योजना अनुसार महासंघ नवलपरासीमा आवद्ध ९० जना सदस्यहरुको एक लाख रुपैंया बराबरको दुर्घटना बिमा गरिएको पत्रकार महासङ्गका अध्यक्ष हरि शर्माले जानकारी दिनु भयो ।
महासंघ नवलपरासीले एक वर्षको जोखिम बहन गर्ने गरी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको भुमही शाखा मार्फत बिमा गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले बताउनु भयो । समाचार संकलनमा अहोरात्र खटिने पत्रकारहरु दुर्घटनाको उच्च जोखिममा हुने भएकाले दुर्घटनाको जोखिम बहन गर्नेगरी बिमा गरिएको उहाँले बताउनु भयो ।









