बुटवल । तिनाउ टेम्पो यातायात प्रालिको तेस्रो साधारणसभाले महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा नयां सञ्चालक समिति चयन गरेको छ । जसको महासचिवमा बागबहादुर बुढा तथा सञ्चालकहरुमा डम्बर बुढाथोकी,अमृत घले,श्याम गुरुङ,पुष्पा न्यौपाने,तिलबहादुर सारु,जिवलाल भुसाल र लेखबहादुर गुरुङ निर्वाचित भएका छन् ।
साधारणसभाले प्रालिको आर्थिक कोष हेर्ने जिम्मेवारी सीमा रानालाई प्रदान गर्ने निर्णय गरेको छ । सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष महेन्द्र श्रेष्ठले बुटवल उपमहानगरले बुटवलमा दुई सय बढी टेम्पो चलेका भएपनि ३० वटा मात्र दर्ता गरिदिंदा समस्या भएको गुनासो गरे । प्रालिका महासचिव बागबहादुर बुढाले ई रिक्सा र टेम्पो व्यवस्थापनमा बुटवल उपमहानगरले पक्षपातपूर्ण नीति र व्यववहार गर्न नहुने बताए । कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका बुटवल नगर अध्यक्ष वामदेव क्षेत्रीले बुटवलमा चलिरहेका सबै टेम्पोको उचित व्यवस्थापन गर्ने जिम्मेवारी उपमहानगरको भएको बताए









