प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिताको आजको खेलमा बुटवल इलिट मावि विजयी
बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा बुटवल इलिट मावि विजयी भएको छ । इलिट र केपिएम गंगोलियाबीच भएको खेलमा इलिट ४÷० गोल अन्तरले विजयी भएको हो । यो सँगै पहिलो राउण्डका सबै खेल सकिएका छ । शनिबारदेखि क्वाटरफाइनका खेल सुरू हुनेछन ।पहिलो क्वाटरफाइनल खेल स्मृति बोर्डिङ स्कूल टिम बि र शिवपुर मावि शिवपुर, दोस्रो खेल अरनिको बोर्डिङ स्कुल भलवारी र कुँवरवर्ती बोर्डिङ स्कूलका बीच हुनेछ । त्यस्तैगरी होराइजन मावि र सेन्ट जोसेफबीच तेस्रो खेल हुनेछ । भने शनिबारको अन्तिम खेल लडबुद्ध बोर्डिङ स्कूल र प्रभातमावि सैनामैनाबीच हुने स्मृति स्पोर्टर्स क्लबका अध्यक्ष महेश खनालले जानकारी दिए । प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक फोर नेशन इन्टरनेशनलन छ ।










