नेपाली काँग्रेसको चापाकोट नगर सभापतिमा विक्रम सारु निर्वाचित

प्रकाशित मिति:

स्याङ्जा । नेपाली काँग्रेस चापाकोटको सभापतिमा बिक्रम बहादुर सारु निर्वाचित हुनुभएको छ ।आज सम्पन्न भएको अधिवेशनले सारुलाई सर्व सम्मत रुपमा निर्वाचीत गरेको हो । । सहमतीका लागि बनाईएको कार्यदलले सभापति सहित सबैपदको टुंगो लगाएको हो ।

त्यस्तै उपसभापतिमा सुन्दर भण्डारी र परसुराम लम्साल, सचिवमा विश्वास पुरी, माधव गैरे,विश्व भट्टराई र रामु बस्याल, सह सचिवमा माधव भट्टराई र फरसुराम डोटेल, कोषाध्यक्षमा प्रविणा आचार्य सर्वसम्मत निर्वाचीत हुनुभएको छ ।