लायन्स क्लब अफ बुटवल मुक्तिनाथद्धारा सन्चालीत निशुल्क मधुमेह परिक्षण शिविर सम्पन्न
लायन्स क्लब अफ बुटवल मुक्तिनाथले बुटवलमा १ दिने निशुल्क मधुमेह परिक्षण शिविर सम्पन्न गरेको छ । मानव सेवा आश्रममा आयोजित शिविरमा आश्रममा रहेका ९० जनाको मधुमेह परिक्षण गरिएको थियो । उक्त शिविरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लायन्स ३२५ बि २ का कोचिफ एडभाइजर सुरेशरत्न बज्राचार्यले लायन्स सदैव सेवामा समर्पित संस्था भएकाले पछिल्लो समय अधिक बढिरहेको मधुमेह रोगबारे गरिएको शिविर प्रशंसनीय रहेको बताए । स्वास्थ्य शिविर जस्तो कार्यक्रमले धेरै मानिसको स्वास्थ्य अवस्था पत्ता लगाउन सघाउने भएकाले मुक्तिनाथले गरेको कार्यक्रमको प्रशंसा गरे । उनले क्लबलाई थप सामाजिक कार्यमा लाग्न प्रेरणा दिए ।
क्लबका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स एरिया ४ का चिफ जीवन गौतमको आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा जोन चेयरपर्सन सुरेश चन्द्र भट्टराई, डेपुटी चिफ लक्ष्मण रेग्मी, पुर्व अध्यक्ष रिखिराम भट्टराई लगायतको उपस्थिती रहेको थियो । मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गर्न लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ बी २ र रिजन चेयरपर्सन भुपेन्द्र क्षेत्री (हरि) को विशेष सहयोगमा भएको जोन चेयरपर्सन सुरेश चन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रमको संयोजन गोविन्द प्रसाद बन्जाडेले गरेका थिए भने संचालन सचिव दिपेन्द्र पाण्डेले गरेका थिए ।












