लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउनेदुई महिनाभित्र सञ्चालनमा आउने
काठमाडौं, कात्तिक : ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो ।काठमाडौं, कात्तिक ८ : ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो ।चक्रपथमा सडक वारपार गर्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले उक्त संरचना निर्माण गरेको उनले बताइन् ।‘यो अपाङ्गतामैत्री लिफ्टसहितको पुल हो । यहाँ धेरै मानिसले सडक वारपार गर्नुपर्ने भए पनि सहज र सुरक्षित व्यवस्था नहुँदा दुर्घटनासमेत हुने गरेको थियो । त्यसलाई सम्बोधन गर्न महानगरपालिकाले यो पुल निर्माण गरेको हो,’ उनले भनिन् ।
उनका अनुसार पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । लिफ्ट प्रयोग गर्न सम्बन्धित बटन थिचेपछि आवश्यक दिशातर्फ जान सकिने प्रणाली जडान गरिएको छ । यसले विशेषगरी सिँढी चढ्न कठिनाइ हुने व्यक्तिलाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।लुईटेलले पुलमा लिफ्टका साथै स्तनपान कक्ष र कफी सपसमेत रहने जानकारी दिइन् । आधुनिक सुविधासहित निर्माण भइरहेको उक्त पुल नेपालमै फरक प्रकृतिको संरचना हुने उनको दाबी छ ।पुल निर्माणको काम निर्धारित समयभन्दा केही ढिलो भएको उनले बताइन् । निर्माणका लागि आवश्यक सामग्री समयमा उपलब्ध हुन नसक्दा काम लम्बिएको उनको भनाइ छ ।उनले भनिन्, ‘दुई वर्षअघि यसको शिलान्यास भएको हो । पहिले नै सम्पन्न गर्ने भनिएको थियो, तर आवश्यक सामग्री नआइपुगेका कारण केही ढिलाइ भयो । अहिले भने तीव्र गतिमा काम भइरहेको छ ।’पुल सञ्चालनमा आएपछि कुसुन्ती हाइट तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रीलाई चक्रपथ वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि लिफ्टको सुविधा उपयोगी हुने देखिन्छ ।निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन ।









