गाँजा माग्दा नदिएपछि पशुपतिमा एक व्यक्तिमाथि खुकुरी प्रहार

प्रकाशित मिति:

काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा सोमबार बिहान एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ।विश्वरुपा मन्दिर क्षेत्रमा बिहान ५ बजेतिर सन्तोष नाम गरेका ३५र३६ वर्ष उमेरका एक व्यक्तिमाथि खुकुरी प्रहार भएको गौशाला प्रहरी वृतका प्रमुख केशव भट्टराईले जानकारी दिए।

गाँजा मागेकाले आफूसँग छैन भन्दा खुकुरी प्रहार भएको घाइते सन्तोषलाई उदृत गर्दै प्रहरीले जनाएको छ। घाइतेको वीर अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको डीएसपी भट्टराईले जानकारी दिए।‘पेटमा चोट लागेको छ। उनी खतरामुक्त छन्’, भट्टराईले भने।

घाइते व्यक्ति पशुपतिनाथ मन्दिर क्षेत्रमा मागेर हिँड्ने गरेको र प्रायले नचिन्ने गरेको प्रहरीले जनाएको छ।‘उनीहरु मागेर खानेजस्ता देखिन्छन्। पशुपतिनाथ मन्दिरमा अरुले उनलाई नचिनेको पाइयो’, डीएसपी भट्टराईले भने।खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।