बुटवल मंसिर २१
रूपन्देहीको देवदहमा ५ वर्षिय बालिकामाथि सामुहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ परेका माथि अनुसन्धान शुरु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पक्राउ पर्नेहरु मध्ये देवदह वडा नम्बर ६ का २२ बर्षिय लक्ष्मण बि.क र , देबदह ७ का १८ बर्षिय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ ।
त्यस्तै अनुसन्धानका लागि स्थानीय राजु परियार, बोधे बि.क, दिनेश बि.कलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालिका माथि घर नजिकै बलात्कार भएको हो ।
बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अबस्थामा सो घटना भएको हो । घर नजिकै रहेको ब्लक रहेको टहरोमा लगेर बालिकामाथि बलात्कार भएको र सो स्थान रक्ताम्य अबस्थामा भेटिएको प्रहरीले बताएको छ ।
ती बालिकालाइ थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ । पक्राउ परेका उनीहरूलाई देवदह प्रहरी चौकीमा राखिएको छ ।












