सुरेश परियार-पछिल्लो समय रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनाका शृङखला दिनप्रतिदिन बढीरहेको छ ।दुर्घटनाले मानवीय तथा भौतिक क्षेति निम्ताउदा समेत सम्बन्धी निकाय मौन छ । कहिले सवारी चालकको लापर्वाहीले गर्दा दुर्घटना भएको पाइन्छ भने जिर्ण सडकले पनि दैनिक जसो नागरिकले अकालमा ज्यान लिएको छ ।
बढि जसो पुर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ । महामारीको बेला आंशिक रुपमा सवारी सञ्चालन हुदा सवारी दुर्घटनामा कमि आएको थियो तर अहिले निर्वात रुपमा सवारी साधनको आवागमन बाक्लो हुदै जादाँ रुपन्देहीका विभिन्न ठाउमा दुर्घटना भएको छ । ट्राफिक ब्यवस्थापन फितलो,सडक मर्मत सम्भार नहुदा र प्रभावकारी सचेतनामुलक कार्यक्रम सञ्चालन नहुदा सैनामैना सवारी दुर्घटनाको जर्ण बनेको छ ।
तर,केही स्थानीय तथा अन्र्तराष्ट्रिय सामाजिक सस्थाहरुले ट्राफिक नियम सम्बन्धी सचेतनाका कार्यक्रम आज देखि प्रारम्भ गरेका छन् । लायन्स क्लब अफ सैनामैना स्टारले आज ट्राफिक नियम सम्बन्धी सचेतनाका कार्यक्रम सम्पन्न गरेको छ । तिव्र गति जिवनको क्षेति भन्ने नारासहित सडकमै विधार्थीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरेको क्लबका अध्यक्ष कृष्ण ज्ञवालीले बताए ।
सैनामैनाको बुद्धनगर देखि कलौनी सम्म भएको सचेतनामुलक कार्यक्रममा विधार्थीहरु,क्बलका पदाधिकारी,सदस्यहरु,ट्राफिक प्रहरी लगायतको उपस्थिती रहेको थियो । ट्राफिक नियम पालना संगै जिर्ण सडकको मर्मतसम्भार गर्न आग्रह गरेका छन् । कार्यक्रमको सञ्चालनमा भने प्रकाश अर्यालले गरेका थिए ।











