‘मेरो जित सुनिश्चित छ, सबै लाई मिलाएर लैजानेछु’: रविराज आचार्य

प्रकाशित मिति:

कपिलवस्तु, १३ असोज । नेपाली कांग्रेस बाणगंगा नगर सभपतिका उम्मेद्वर रविराज आचार्यले आफ्नो जित सुनिश्चित रहेको बताउँनुभयो । उहांले नगरका निष्टवान कृयशिल नेतृत्व गर्ने सदस्यहरुको आफ्नो पूर्ण सथ र सहयोग हुँने हुँदा आफ्नो जित सुनिश्चित रहेको भन्दै सबै लाई मिलाएर लैजाने बताउँनुभयो ।
अहिले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुका ९६ वडामा वडा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन घोषणा भएसँगै विभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ। कपिलवस्तुमा यही असोज १३ गते बुधबार गाउँ पालिका र नगरपालिकाको अधिवशेन तोकिएसँगै कपिलवस्तु कांग्रेस चुनावमय बनेको छ । वडा अधिवेशनसँगै तातिएको कांग्रेस पालिका अधिवेशन झनै तातेको छ । यसैबीच नेपाली कांग्रेस कपिलवस्तुको बाणगंगा नगर पालिकामा समाजसेवी, व्यवसायी तथा अधिवक्त आचार्यले आफ्नो प्रचार प्रसारलाई तिब्र बनाउँनुभएको छ । उहाँले पार्टीको लामो समयदेखि नेपाल विद्यार्थी संघ, तरण दल हुदै नेपाली कांगे्रसमा आवद्ध रही विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ । साथै भातृ संगठन, संघ संस्थामा निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आई राख्नुभएको छ । आचार्य यस क्षेत्रका विभिन्न संघ सस्थामा आवद्ध रहि अगुवाई गर्दौ आउनुभएको छ । उहाँले पार्टिको सम्पूर्ण कार्यहरुमा आफ्नो निणर्य भुमिका हुने हुँदा यस पटक नगर सभापतिमा आफ्नो उम्मेदवारी रहेको र सबैलाई सहयोगको अपिल समेत गर्नुभएको छ ।

थप समाचार