भौतिक पूर्वाधारका कर्मचारीसँग कार्यसम्पादन सम्झौता- गुणस्तर र छबी कायम हुनेगरी काम गर्न मन्त्री खड्काको निर्देशन

प्रकाशित मिति:

पोखरा,  असोज । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालेसंघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले प्रदेशको विकास तथा पहिचानका लागि मुख्य मुख्य पुल तथा सडकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि सचिव रामचन्द्र श्रेष्ठले मन्त्री खड्कासँग कार्यसम्पादन सम्झौता गरे । कार्यक्रममा ११ जिल्लाका पूर्वाधार विकास कार्यालय, ४ वटा यातायात कार्यालय, तथा कास्कीमा रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख, पूर्वाधार निर्देशनालय कास्कीका निर्देशकले मन्त्री खड्काको रोहबरमा सचिवश्रेष्ठसँग कार्यसम्पादन सम्झौता गरे ।

मन्त्री खड्काले प्रदेशमा प्रदेशमा समायोजन भएका कर्मचारीहरु कम तथा अपर्याप्त भएको भन्दै प्राविधिक कर्मचारीहरु मन्त्रालयबाट यथाशक्य छिट्टै व्यवस्था गर्नेतर्फ मन्त्रालय लागिरहेको बताए । उनले भने, ‘मन्त्रालयले निर्धारण गरेको लक्ष्य प्राप्तिमा कार्यालय प्रमुखहरु लाग्नुहोला, हरेक काम कर्तव्यमा मन्त्रालयको छवि उच्च रहने गरी काम गर्नुहोला ।’
काममा गुणस्तर कायम हुने गरी विकास निर्माणका कामहरुको प्राविधिकले नियमित र निरन्तर सुपरिवेक्षण गर्न उनले निर्देशन दिए । निर्माण सम्बन्धी कामको बिल रकम भुक्तानी गर्नुपूर्व अनिवार्य रुपमा गुणस्तर परीक्षण गरेर मात्र बिल रकम भुक्तानी गर्न पनि मन्त्री खड्काले निर्देशन गरेका छन् ।विनियोजित बजेटको परिधिमा रहेर ९० प्रतिशत भन्दा बढी प्रगति हुने गरी विकास निर्माण सम्बन्धी काम गर्ने गराउन र नयाँ आवका लागि दायित्व सिर्जना हुने गरी काम नगर्ने जसको लागि स्रोत सुनिश्चित गरेर मात्र ठेक्का व्यवस्थापन गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, उपसचिव टीकाराम पौडेल, महाशाखा प्रमुखद्वय रामकुमार श्रेष्ठर राम पराजुली लगायत उपस्थित रहेको मन्त्री खड्काका निजी सचिव केदार सापकोटाले जानकारी दिए ।भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री माननीय कुमार खड्काले मन्त्रालयको बैठक हलमा एक कार्यक्रम आयोजना गर्दै मन्त्रालय माताहत ११ जिल्लामा रहेका ११ वटा पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख, ४ वटा यातायात कार्यालयका कार्यालय प्रमुख तथा कास्कीमा रहेको शहरी विकास तथा भवन कार्यालयका प्रमुख, पूर्वाधार निर्देशनालय कास्कीका निर्देशकलाई आ।व। ०७८र०७९ को वार्षिक विकास कार्यक्रम कार्यान्वयन प्रयोजनार्थ मन्त्रालयका सचिवले मन्त्रीज्यूसँग र सबै कार्यालय प्रमुखहरुले मन्त्रीज्यूको रोहरवरमा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्नु भएको छ ।