तिलोत्तमा-३, पब्लिक पथ स्थित मिरा ट्रष्टले संस्थाका आजीवन सदस्यहरुलाइ सम्मान गरेको छ l सम्मानित हुनेमा आजीवन सदस्य श्री सुसिला भण्डारी, विष्णु प्रसाद पाण्डे, प्रकाश लम्साल र चिरन्जीवी खनाल हुनुहुन्छ l कार्यक्रममा आजीवन सदस्य श्री विष्णु प्रसाद पाण्डेले मिरा ट्रष्टलाइ रु. ५०००/- आर्थिक सहयोग पनि गर्नु भएको छ l
कार्यक्रममा तिलोत्तमा-३, निवासी ४५ वर्षीय सागर पाण्डे, जो दुवै मिर्गौला फेल भइ हाल गौतमबुद्ध मुटु हस्पिटलमा निरन्तर डायलाइसीस गराईराख्नु भएको छ , उहाँलाइ यस मिरा ट्रष्टबाट प्रदान गरिने रु. २०,०००/- आर्थिक सहयोग मध्येको चौथो तथा अन्तिम किस्ता बराबरको रकम रु. ५,०००/- को चेक कार्यक्रमका प्रमुख अतिथि, साहित्यकार, सामाजिक व्यक्तित्व श्री जङ्ग बहादुर शाहा र यसै संस्थाका संस्थापक श्री हेमलाल शर्मा र मिरा शर्माले हस्तान्तरण गर्नु भयो l कार्यक्रममा बोल्दै श्री शाहाले संस्थाको यस कार्य निकै प्रसंशनीय भएको र आगामी दिनहरुमा पनि यी र यस्तै सामाजिक कार्यहरुमा संस्थाले सधै आफ्नो जिम्मेवारी बहन गरोस भनि शुभकामना समेत दिनुभयो l कार्यक्रमका सभापति तथा संस्थाका संस्थापक श्री हेमलाल शर्माले आजीवन सदस्यहरु लगायत सम्पूर्णलाइ धन्यबाद दिदै आगामी दिनहरुमा संस्थाले अझधेरै सामाजिक कार्यमा आफ्नो पाइला निरन्तर चालिरहने बताउँदै कार्यक्रमको समापन गर्नुभयो l कार्यक्रमको संचालन रामचन्द्र पौडेलले गर्नु भएको थियो l









