समृद्ध लुम्बिनी बनाउनका लागि उद्योगक्षेत्रको महत्वपूर्ण योगदान छ- –मुख्यमन्त्री कुलपप्रसाद केसी

प्रकाशित मिति:

असोज १५ बुटवल- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योगको तथा खानी उद्योग क्षेत्रलेको महत्पूर्ण योगदान रहेकोले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताउनुभयो ।उहाँले यस्तो विचार उद्योग, वाणिज्य तथा आपुर्र्तिम मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीचमा अएको अन्तरक्रिया कार्यक्रममा यस्तो विचार बताउनुभएको हो । उहाँले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले उद्योग क्षेत्रलाई उद्योग मैत्री वातावरण, सहयोग कार्यक्रम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै त्यसका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । खानी एक स्थान र उद्योग अर्काे स्थानमा भएकाले गर्दा लागत रकम धेरै लागेको हुने भएकाले गर्दा त्यसलाई सकेसम्म न्यूनिकण गर्नुपर्ने बताउनुभो । साथै उहाँले खानी उत्खनन् गर्दा भविस्यमा हुने वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने हाल उद्योग मात्रै सञ्चालन भन्दा पनि त्यसबाट हुने खतरालाई पनि ध्यान दिर्दै अगाडि बढाउनु पर्ने बताउनुभयो ।उहाँले संविधानको जिम्मेवारी उत्खनको जिम्मेवारी प्रदेशलाई दिनु पर्ने र अन्वेषणको जिम्मेवारी संघ सरकारलाई दिनुपर्नेमा बताउँदै भन्नुभयोः– “संघ सरकारको अन्वेषणको जिम्मेवारी प्रदेशलाई उत्खनन्को जिम्मेवारी प्रदान गर्नुपर्नेमा संघ सरकाले उत्खनन् र प्रदेश सरकालाई अन्वेषणको जिम्मेवारी प्रदान गर्दा उल्टो भएको झै भएको छ ।

मुख्यमन्त्री केसीले आर्थिक वर्षमा उद्योग तथा आपुत्ति मन्त्रालयबाट ५ अर्व राजश्व जसरी भएपनि संकलन गर्नुपर्ने बताउँतदै त्यसका लागि उद्योग मत्री ऐन निर्माण गर्न सकिने बताउनुभयो ।उहाँले उद्योगहरु मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नु पर्ने बताउँदै साना उद्योग भन्दा पनि ठूला उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो । साथै नेपाल जलश्रोतको आधार भएको देश भए पनि विजुली आपुर्तिमा समस्या भएकोले गर्दा प्रदेश सरकारले नेपाल विद्युत प्राधिककरणसँग प्रदेश सरकरको तर्फबाट नै कुरा गरिने बताउनुभयो ।मुख्यमन्त्रीले कुलप्रसाद केसीले वातावरणनीय क्षेत्रलाई बचाई राख्नका लागि आवश्यक रहेको बताउँदै खानी सञ्चालन गर्ने ग्रामीण क्षेत्रका जनताको विकासमा पनि अगाडि बढेर विद्यालय, पार्क लगायतको क्षेत्रमा बनाई जनतालाई खुशी बनाउनु पर्ने बताउनुभयो । औद्यौगिक क्षेत्रमा स्थानीयबासीलाई क्षमता अभिवृद्ध गरी रोजगार प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रको रुप अनुसार रोड निर्माण गरी उद्योग सञ्चालनका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

यस्तै कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले प्रदेशको विकास समृद्धिका लागि अगाडि बढ्नका लागि सबैलाई अनुरोध गर्नुभयो । उहाँले संविधानको परिपालन गरी अगाडि बढाउन प्रदेश सरकार तयार रेहेको बताउनुभयो ।यस्तै कार्यक्रममा प्रदेश प्रमुख सचिव डिल्लीराम शर्माले उद्योगहरुलाई लगानीको वातावरण प्रदेश सरकारबाट गरिने त्यसका लागि प्रदेशका सरकारको तर्फबाट सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।लुम्बिनी प्रदेशका कानून महिला बालबालिका कार्यालय लुम्बिनी प्रदेश सचिव राजेन्द्र थापाले सिमेन्ट उत्पादनको लागि प्रदेश उर्वर भूमिका भएकाले समृद्ध प्रदेश निर्माणको सबै उद्योग, व्यावसायीहरु लाग्नु पर्ने बताउनुभयो । उहाँले सिमेण्ट उद्योग सञ्चालनका लागि लुम्बिनी प्रदेशमा एउटा ऐन निर्माण गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।यस्तै अर्थ सचिव बाबुराम अधिकारीले उद्योग व्यावसायीबाटै राज्य सञ्चालन गर्नुपर्ने भएकाले लुम्बिनी प्रदेशको विकासमा लाग्नका लागि सबैलाई अनुरोध गर्नुभयो । उहाँले कर प्रणालीलाई एकद्वारा प्रणालीलाई व्यवस्थस्थित गर्नका लागि अनुरोध गर्नुभयो ।