असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो । दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । १६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो । दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ । अघिल्ला महाधिवेशनमा उनलाई भीमसेनदास प्रधान र गगन थापाहरुको समूहले चुनौती दिने गरेको थियो । तर यो पटक काठमाडौंमा कांग्रेसको आन्तरिक समीकरण बदलिएको छ ।प्रधान सभापति शेरबहादुर देउवा समूहसँग नजिक छन् भने थापा, प्रकाशमानतिर । काठमाडौंका कतिपय नगरको सभापतिका लागि प्रकाशमान समूहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । १५ वर्षपछि काठमाडौं महानगरपालिकामा कांग्रेसको अधिवेशन हुन लागेको हो । विवादका कारण काठमाडौं महानगरपालिकामा १२औं र १३औं अधिवशेन भएका थिएनन् । डेढ दशकपछि कांग्रेस काठमाडौं महानगर कमिटीले नयाँ नेतृत्व पाउन लागेको हो । महानगरको अधिवेशन कांग्रेसभित्र प्रतिष्ठाको विषय बनेको छ ।









