संघिय संरचनामा गएपछि पहिलो जनगणना

प्रकाशित मिति:

सरकारले बनाउने सबै किसिमका योजनामा सहि र तथ्यपरक जनगणना आवश्यक पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । केन्द्रीय तथ्याक विभागको सहयोगमा मिडिया एक्सन नेपालको आयोजनामा शनिबार रुपन्देहीमा लुम्बिनी प्रदेशका ४ जिल्लाका पत्रकारहरु बिच गरिएको जनगणना सम्बन्धि मिडिया सचेतना कार्यशालामा बोल्ने बक्ताहरुले जनगणनामा सहि तथ्याक महत्वपूर्ण हुनेमा जोड दिएका हुन । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने छ । कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्थले जनगणना देशको नीति तयार गर्ने महत्वपुर्ण पाटो भएको बताए । प्रत्येक १० वर्षमा देशहरुमा जनगणना लिने गरिने र यसमा तथ्याक संकलन, प्रलेखिकणका कार्यक्रमहरु शुक्ष्म रुपमा राखिने हुदा सरकारसंगै तथ्याकलाई सुचनामार्फत आमनागरिक पेश गर्न सकिने उनले बताए ।

तथ्याक विभागका निर्देशक तथा प्रवक्ता ध्रुवराज लामिछानेले जनगणनाको तथ्याक बुझ्न केहि कठिनाई हुने भएकाले पनि छलफल जरुरी रहने बताए । केन्द्रीय तथ्याक विभागका निर्देशक केशव गौतमले मेरो गणना मेरो सहभागिता नारासहित जनगणना २०७८ गरिन लागेको बताए ।युनएनएफपिएका लुम्बिनी प्रदेशका संयोजक राम थापाले केवल संख्यात्मक तथ्याकमात्र नभई विश्लेषणात्मक तथ्याक आउने हुदा त्यसै अनुरुप सरकारबाट योजना बनाउन सहयोग मिल्ने बताए ।
तिलोत्तमा नगरपालिकाका महिला तथा बालबालिका शाखाका सम्झना भण्डारीले स्थानिय सरकारबाट जनगणनामा सहभागीहरुलाई विशेष सहयोग गर्ने प्रतिवद्धता अनुसार काम गरिदै आएको बताए । कोहि नदोहो¥याउन, कोहि नछुटुन भन्ने मुल विषयलाई ध्यानमा लिएर विवरण लिने गरि सहयोग हुने उनले बताईन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले पत्रकारहरु बुझेर रिपोर्टिङ गर्नुपर्ने सुझाव दिए ।लुम्बिनी प्रदेश जनगणना कार्यालयका कृष्णराज पाण्डेले बसोबासको आधारमा तथ्याक लिने काम भैरहेको बताए । एकैसमयमा सबै भुभागलाई समेटेर लिईएको तथ्याक धेरै उपयोगी हुने भन्दै उनले सहि तथ्याक दिनुपर्ने बताए। अन्तर्राष्ट्रिय मुल्यमान्यतालाई आधार बनाएर लिईने हुदा केही कठिनाई हुने भएपनि यसको दिर्घकालिन प्रभाव पार्ने उनले बताए ।
कुनै पनि देश संचालन गर्न जनगणना महत्त्वपूर्ण हुन्छ । आर्थिक, सामाजिक सबै तथ्याक संकलन यसमा हुन्छ । नागरिकहरु सुसुचित गराउने काममा समेत मिडिया भुमिका रहेकाले पनि यसको प्रचारप्रसारमा यो कार्यक्रम राखिएको बताए ।अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासीबाट २५ जना पत्रकारहरुलाई कार्यशालामा सहभागिता रहेको थियो ।