चेन्नईमाथि राजस्थानको सहज जित

प्रकाशित मिति:

काठडमाडौं । राजस्थान रोयल्सले ईन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङसमाथि ७ विकेटको सहज जित निकालेको हो ।शेख ज्याड क्रिकेट स्टेडियममा चेन्नईले जितका लागि दिएको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर रन बनायो ।

राजस्थानका लागि शिभम दुबे र यजश्वि जैसवालले अर्धशतकीय पारी खेले । बल खेलेका दुबेले चौका र छक्काको सहयोगमा रन बनाए । त्यस्तै २१ बल खेलेका जैसवालले ६ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाए ।राजस्थानका लागि सन्जु श्यामसनले २८ रन बनाउँदा इभिन लुइसले २७ रनको योगदान गरे ।बलिङतर्फ चेन्नईका लागि सार्दुल ठाकुरले २ विकेट लिए । त्यस्तै केएम आसिफले एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रुतुराज गायक्वाडको शतकको सहयोगमा चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो ।चेन्नईका लागि रुतुराज गायक्वाडले १०१ रनको शतकीय पारी खेले । ६० बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै फफ डू प्लेसिसले २५ रन बनाउँदा रविन्द्र जेडेजाले ३२ रनको योगदान गरे । चेन्नईका लागि मोइन अलीले २१ रन जोडे ।

बलिङतर्फ राजस्थानका लागि राहुल तिवातीयाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै चेतन साकारियाले १ विकेट लिए ।जितसँगै राजस्थानले प्लेअफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ । लिगमा १२ खेल खेलेको राजस्थानले १० अंक जोडेको छ । राजस्थान तालिकाको छैटौँ स्थानमा छ । यता पराजित चेन्नई भने यसअघि नै प्लेअफमा पुगि सकेको छ ।