कथा “ज्याक्दीको मेला र हाम्रो प्रेम”

प्रकाशित मिति:

– गम बयम्बु मगर ‘अर्पण’– पाल्पा

“भाउजु नमस्कार ! आईपुग्नु भयो ?” माईतबाट फर्किरहनु भएकी ठुली भाउजुलाई अभिवादन गर्दै मैले सोधेको थिएँ।
“नमस्कार बाबु ! हजुर फर्केँ नि बाबु !” भाउजुले भन्नु भएको थियो। मलाई केही चासो थियो भाउजु फर्किनु भएकोमा।
“मलाई केही खबर छ कि भाउजु ?” मैले केही कौतुहलता अनि उत्सुकताका साथ सोधेको थिएँ।
“अँ‘।।बाबु सोनालिकाले चिठी पठाएकी छे। झोला भित्र परेछ अहिले हाम्रो घरमा आउनु ल।” भाउजुले सुनाउनु भएको थियो।
“हुन्छ भाउजु म आईहाल्छु नि।” खुशीले मन थम्नै नसकेर मैले भनेको थिएँ।

भाउजुको कुरा सुनेर मेरो मनमा खुल्दुलीको आँधी चल्न थालेको थियो। केही साल पहिले माध्यमिक तहको अध्ययन गर्न म भाउजुको माईत नजिकैको स्कुलमा पढेको थिएँ। सोनालिकाको घर पनि भाउजुको माईत संगै पर्थ्यो। उ र म संगै पढ्थ्यौं। भौगोलिक दुरीले हाम्रो घर दुई घण्टा जति टाढा पर्थ्यो। एस एल सी पछि हामी कलेज फरक भयौं र हाम्रो भेटघाट पातलिन थालेको थियो।

चिठीमा सोनालिकाको कोमल हातले लेखेको सुनौलो अक्षरहररू अझैँ बढी उसले पठाएको प्रेमिल सन्देश हेर्ने उत्सुकताले उतैतिर लम्किएँ। उसको सुन्दर लेखन कलाले मलाई पहिले नै लठ्ठै पारिसकेको थियो। उसको रुपको सुन्दरताको बयान गर्न त शब्दै पाएको थिएन मैले। उसले लेखेको अक्षरहररू पढ्दा मेरो नयनमा उसकै रुप नाच्न थालेको थियो। ठुली एकादशी ज्याक्दीको मेलामा भेट्न आउनु भनेर निमन्त्रणा पठाएकी थिई उसले। कालीगण्डकी र ज्याक्दी खोला दोभान स्याङ्जामा ठुली एकादशीमा रमाईलो मेला लाग्ने गर्दछ। त्यहि मेलामा बोलाएको थियो। चिसो वातावरणले बैँस हाल्दै थियो। एकादशी मेला आउन तीन दिन बाँकी थियो। मिनेट घण्टा,घण्टा दिन,दिन महिना र महिना एक सालमा लम्बिए झैँ लाग्थ्यो त्यो दिन आउन मलाई। निकै लामो प्रतीक्षा पछि यात्रुले बस पाए जस्तै एकादशीको दिन आईपुग्यो।

०००
एकदशीको दिन विहान छ वजे ज्याक्दी मेला भर्नको लागि गाउँका तीन जना साथीहररूसंगै घरबाट निस्केका थियौं। यात्रा सहज थिएन। पाँच घण्टा जति लामो पैदल यात्राको लागि राजी थियो ज्यान। मन भरि सोनालिकाको नाम,नयन भरि उसको रुप अनि उनीसंगै कालीगण्डकीको तिरमा बसेर मायाँका शब्दहररू,प्रेम र प्यारका कुराहररू सुन्न र सुनाउने अनि कालीगंगाको निर्मल पानी छोएर जसरी कालीगण्डकी गहिरो र लामो भएर बगेकोछ त्यसरी नै हाम्रो प्रेम सम्बन्ध गहिरो र सातौं जुनी जाने जिन्दगीको कामना गर्दै प्रेमको बाचा र बन्धनहररू बाँध्ने अभिलाषाका साथ यात्रामा पाईला बढाएको थिएँ। सिलुवाको उकालो ओरालो,वनजङ्गल पाखा पखेरो हुँदै रामपुर फाँटमा पाईला टेकेका थियौं विहान करिब दस वजे तिर। रामपुर र चापाकोट,कुवाकोट फाँटलाई चिसो मौसममा सिरक ओढेर सुत्दा जस्तै सेतो कुहिरोले टमक्कै ढाकेको थियो। पाईला ज्याक्दीतिरै बढ्दै जान्थ्यो। विच विचमा रुखका पातहररूबाट पट्रयाक्क पट्रयाक्क गर्दै सीतका थोपाहररू भुईमा झर्थ्यो। विछोडमा तड्पिरहेको मान्छेको आँखाबाट रोक्छु भन्दा भन्दै पनि खसिरहेको आँसु जस्तै लाग्थ्यो। चिसो मौसमले ज्यान ककरक्क हुन्थ्यो तर सोनालिकाको नाम याद गर्ने वित्तिकै ज्यानमा तापक्रम बढेर पन्चनब्बे डिग्री सेल्सियस् ओभरमा जान्थ्यो। सोंच्थे हैन उसको नाममा के पावर छ त्यस्तो१ जब कि नाम याद गरेर मात्रै पनि यति चिसो शरीर न्यानो भएर आउछ। आफै निश्चय गर्थेँ फेरि ‘मायाँले त होला ! यही त होला मायाँ भनेको१’ यस्तै यस्तै मनमा तरङ्ग र उमङ्गका लहर खेलाउदै कतिखेर रामपुरको फाँट पार गरेछु थाहै भएन। ज्यान पाल्पा र स्याङ्जा जोड्ने कालीगण्कीको ज्याक्दी घाट पुलको मुखमा पुगिसकेछ। मान्छेको भिड ओहोर दोहोर देखिन्थ्यो। तिर्थलुहररू कालीगण्डकीतिरमा स्नान गर्नेहररू र पुजापाठ मन्त्रहररू जप्ने देखि पञ्चेबाजा बजाएर वारि देखि पारी तोरण ९खरले बाटेको डोरी० टाँग्दै गरेको दृष्य नजरमा ठोक्किन पुगेको थियो।

०००
हजारौं मान्छेहररूको भिडमा सोनालिकाको मुहार खोज्दै हुलमा पसेको थिएँ। जसरी सि आईडी वालाले मान्छेको अनुहार हेरेर चोर अथवा अपराधीलाई समात्न अनुहार नियालिन्छ। करिब बीस मिनेट पछि भिड छिचोल्दै जाँदा आँपको फेँड नजिकै उसको तीन जना साथीहररूसँगै उभिरहेकी उनै रुपकी धनी सोनालिकालाई भेटेको थिएँ। आपसमा दोहोरो परिचय पछि हामी ज्याक्दी मेला अवलोकन गर्दै डुल्न थालेका थियौं।
भलिवल देखि विभिन्न खेलहररू हेर्दै बिक्रीको लागि सजाएका विभिन्न सामानहररू नियाल्दै जाँदा भिडमा अनयासै सोनालिकाको हातमा मेरो हात बाँधिन पुगेको थियो। शुरुमा असहज जस्तो लागे पनि डुल्दै जाँदा बिस्तारै “ढुङ्गालाई माटो र माटोलाई ढुङ्गाको भर” भने जस्तै प्यारको सम्बन्धलाई अझै कसिलो पार्न मद्दत मिलेको अनुभुति गरेका थियौं हामी दुबैले। मेला हेर्दै जाँदा हामी संगै गएका साथीहररू मान्छेको भिडमा अलग अलग भएका थियौं। नियाल्दै गयौं साथीहररू लाई देख्न सकेनौं। सोनालिका र म मात्रै साथमा रहेका थियौं। समय वित्दै जाँदा मेरो पेटभित्र मुसाहररूको रनिङ्ग कम्पेटिसन चल्दै गरेको महसुश गर्न पुगेको थिएँ।

“सोनालिका केही खाने कुरा खाऔँ न ल !” मैले उसको चाहना बुझ्न चाहेर सोधेको थिएँ। “हजुरलाई भोक लागेको होला हैरु मैले त वास्तै गरेनछु। सरी ल !” मायालु पाराले उसले क्षमा सहित बोलेकी थिई।

“के खाउँ भन न तरु मैले सोधेको थिएँ।
“उम‘।हजुरको च्वाईस” उसले मुसुक्क हाँस्दै भनेकी थिई।
बोल्दै हेर्दै जाँदा हाम्रो आँखा टपरी भरिएको “सखरखण्ड”मा
जुध्न पुगेको थियो।
“उ‘।। त्यो सखरखण्ड”‘।हामीले एकै साथ संगै रोज्न पुगेका थियौं। पालोपालो मुख हेरेर हाँसेका थियौं। र अन्तत एक टपरी सखरखण्ड
किनेर भिडबाट छेउतिर निस्कियौं।

” ‘आगमन’ भन न कहाँ बसेर खाऔँ रु” लड्डिएर उसले सोधेकी थिई।
“म त तिम्रो काखमा बसेर खाने हो ?” मैले जिस्किदै बोलेको थिएँ।
“अँ‘।खुबै सक्छौ होला निरु लजालु मान्छे ! आँट पनि हुन पर्यो नि !! उसले यसो भन्दा साँच्चै आज त अङ्गालोमै कसेर देखाऔँ कि यसलाई।
मनमा एक किसिमको साहश बढेर आएको थियो।
“जाऔँ कालीगण्डकीको पुलमा उतै बसेर खाउँला हुन्नरु” मैले सोधेको थएँ। उसले स्वीकृति जनाउदै टाउको मात्रै हल्लाएकी थिई।

०००
हामी सखरखण्ड लिएर पुलतिर पाईला बढाएका थियौं। स्याङ्जा पट्टि पुलको मुखनेर बसेर सखरखण्ड खायौं। सक्याएर हामी कालीगण्डकी नियाल्न पुलको विचमा गएर उभिएका थियौं।

“आगमन भन न यो गण्डकी कतिको गहिरो होलारु” उसले सोधेकी थिई।
“धेरै गहिरो !! यसको उचाई जो गन्नै नसकिने जसरी मेरो मुटुमा तिम्रो मायाँ छ त्यसरी।” यसो भन्दा उसको मुहारमा छुट्टै चाहक देखिएको थियो। बादलले छेकिरहेको पुर्णिमाको जून छेकेको बादललाई हावाले उडाएर लगेपछि खुलेको उज्यालो जस्तै !
“अँ‘कति चेपारो घस्न जान्नु हुन्छ१ ठिक्क पार्नु भको होलारु” उसले मैले कतिको क्यार गर्छु बुझ्न खोजेर बोलेकी थिई।
“सोनालिका मलाई विश्वास गर१ यो पुलको उचाई भन्दा अग्लो१ कालीगण्डकी भन्दा धेरै लामो र गहिरो अनि त्यो अघी खाएका थियौं नि त्यो सखरखण्ड त्यो भन्दा धेरै गुलियो मायाँ गर्छु म।” मैले विश्वास दिलाउने प्रयासमा बोल्दै गर्दा उसको ओठहररूले मेरो कुरालाई विश्वास र स्वीकृति जनाउदै मन्द मुस्कान पस्किईरहेकी थिई।

“मानौ यो पुल तिमी र म तर्दै गर्दा बिचबाट चुड्यौं रे ! अनि तल गण्डकीमा खस्यौं रे हामी१ तिमीले के गर्थ्यौरु” अझै भरोसा दिलाउने जवाफ खोज्दै उसले सोधेकी थिई।
“दुबै जना बच्ने बाटो खोज्थेँ नि मोरी१ यदि तिमीलाई पाउन सकिदैनथ्यौ भने म पनि यही कालीगण्डकीमा डुबेर मर्थेँ।तिमीलाई छोडेर एक्लै कहाँ जान्थे र म।” मैले यसो भनिरहदा उसको जोडी नयनहररू आँसुले रसाएको थियो।

“जब तिमी मेरो जिन्दगीमा “आगमन” भयौ त्यहाँबाट मलाई बाँच्नु पर्छ र जिन्दगीमा केही गर्नु पर्छ भनेर हिम्मत बढ्न थालेकोछ आगमन !
मलाई तिम्रो साथ र सहयोगको खाँचो छ। मलाई नछोड है !” यस्तो भन्दै सोनालिका मेरो छातीमा लपक्क टाँसिएकी थिई। फलाम र चुम्बक जोडिए झैं।
“तिमी छ्यौ र म छु ! म छु र तिमी छ्यौ काली१ मेरो भरोसा लाग्दैन र अझैरु” मेरो कुरा सुनेर उसले ढुक्कको श्वास फेर्दै थिई त्यो पल।

०००
यस्तै यस्तै मायाँका प्रसङ्गहररू शेयारिङ्ग गर्दै एकले हर्कोलाई विश्वास र भरोसा दिलाएर प्रेमका शिलशिलाहरू अगाडि बढाउदै गएका थियौं।
कालीगण्डकीलाई साक्षी राखेर कहिल्यै नछुट्ने बाचाकसम खाएका थियौं हामी। गहिरिदै गएको मिठा मिठा प्यारका कुराहररू गर्दै जाँदा सँगै गएका साथीहरू हाम्रो नजरमा ठोक्किन आईपुग्दा झसङ्ग भएका थियौं। हामी मेला भरि खोजेर थाकेर बेहाल तिमीहररू यहाँ गहिरो प्रेममा डुबुल्कि मार्दै हैरु भनेर गुनासो पनि गरेका थिए उनीहररूले। र हामी समयको संकेतको रूपमा डुब्नै लागेको डाँडा माथिको घामलाई हेर्दै आ(आफ्नो गन्तब्यतिर पाईला बढाएका थियौं। नचाहेरै पनि हिड्दै हिड्दै गर्दा रामपुर फाँटको विचमा रहेको वर पिपलको चौतारीबाट उनी दायाँ पट्टिको बाटो र म बायाँ पट्टिको बाटो भएर छुट्टिएर बिदाईको हात हल्लाउँदै टाढा टाढा भएर नयनको शक्तिले ठम्याउदा सम्म हात हल्लाउदै बाई बाईको ईशारा दिदै गयौं। क्षिनभरमै उनी र म क्षितीज हुँदै हरायौं ठुली एकादशीको त्यो दिन। र भाग्यवस त्यसपछिको केही सालमा सोनालिका र मेरो प्रेमकहानी सधैलाई संगै जुनी काट्ने बाचा बन्धनका साथ जीवन साथीको नातामा परिणत भएको थियो । र आज तेह्रौं बसन्तमा सकुशल यात्रा अगाडि बढिरहेको छ।

Credit : http://www.pallawa.com.np