महेश सिंह सिरहा लहान १८ असोज ( सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नयाँ वडा कमिटी गठन भएको छ। सखुवानान्कारकटी वडा नम्बर ४मा २१ सदस्य कमिटी गठन भएका छन् ।माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बालेश्वर साह र वाईसिएलका केन्द्र कमिटी सदस्य आशान्द यादव युवा नेता राम परिक्षण महतोको रोहबरमा नयाँ कमिटी गठन भएको हो।
स्थानीय तहको चुनाव नजिकै आउँदा राजनीति दलहरुले गाउँ गाउँमा आफनो पार्टीको बर्चस्व कायम गर्न राजनिती दलका प्रतिनिधीहरुले संगठन बनाउन र कमिटी गठन गर्न ग्रामिण भेगमा सकृय रुपमा अगाडि बढदै गरेका आएका छन्।आउने चुनावमा माओवादी पार्टी अर्थात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आउने चुनावमा सिरहामा प्रथम हुने बताए,उक्त नव गठीत कार्यसमितिले सक्रिय राजनीति गर्ने बताए।
नब गठीत कमिटीको अध्यक्षमा शिबनारायण पंडित लाई चयन गरेको छ् भने लगायत २१ कार्यसमिति चयन गरेको नेता राम परि परिक्षण महतोले जानकारी दिनु भयो ।








