१८ असोज,कञ्चन-नेपाली नागरीकता प्रमाणपत्रमा भएको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यका साथ नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्य रुपन्देहीको कञ्चनमा पनि सोमबार देखि शुरु भएको छ। नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याईएको हो । कञ्चनको वडा नं। १ र ३ बाट राष्ट्रिय परिचयपत्रका लागि सुचिकरण गर्ने कार्य शुरु गरिएको छ। राष्ट्रिय परिचयपत्रका लागि कञ्चनका ५ वटै वडाका करिब २० वटा केन्द्रबाट सुचिकरण गरिने छ।
कञ्चन गाउपालिका वडा नं। १ को मुनलाइट युवा क्लबको भवन,लौसा, आपाङ्ग पुनर्थापना केन्द्रको भवन,बेलभरिया र मन्दिर आमा समुहको भवन,कुचेरामा गरी तिन वटा केन्द्र निर्धारण गरिएको भने वडा नं। २ मा वडा कार्यलय,गजेडी र सामुदायिक हल,बगही गरी २ स्थानमा केन्द्र बनाइएको छ। त्यस्तै राष्ट्रिय परिचयपत्रका लागि सूचिकरण गर्न वडा नं। ३ मा राधाकृष्ण मन्दिर, झारगैरा, आयुर्वेद औषधालय,हरैया, ज्ञानजयोती आधारभुत बिधालय,जिग्निया र शिबशक्ती आमा समूहको भवन,धमिनाताल गरी ४ वटा केन्द्र निर्धारण गरिएको छ। वडा नं। ४ र ५ मा भने केन्द्र छनौट हुन बाकी भएको र केन्द्र छनौट गरी मंगलवारबाट फोटो खिच्ने कार्य शुरु हुने वडा नं। ५ का वडा अधयक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ।विभिन्न कारणले परिचयपत्र वितरणमा ढिलाई भईरहेको भएपनि अहिले सरकारले विकास र समृद्धिको विषयलाई राष्ट्रिय परिचयपत्र जोडेपछि यो प्रक्रियाले तिव्रता पाएको छ । सरकारले पहिलो चरणमा पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो । दोस्रो चरणमा १५ जिल्ला र तेस्रो चरणमा २५ जिल्लामा परिचयपत्र वितरण हुनेछ ।
राष्ट्रिय परिचय पत्र भनेको के हो ?
नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्रको हो । अन्तराट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिनने राष्ट्रिय परिचय पत्रमा बाहकको दश औठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेत समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्यु सम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रि परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचय पत्रलाईका अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ।एक जना व्यक्तिलाई उपलब्ध गराएको राष्ट्रिय परिचय पत्र नम्बर कहिल्यै दोहोरिँदैन । परिचय पत्रको विवरण अनलाइनमा व्यवस्थित गरिए पश्चात बाल बालिकाको जन्म दर्तामा दिइएको नम्वर नै उस्को स्थायी परिचय पत्र नम्वर हुन्छ । र उसले प्राप्त गर्ने सबैखाले सुबिधा सोहि नम्बरमा समाबेश हुन्छन । राष्ट्रिय परिचय पत्रको विवरण जो कोहिले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिएको हुन्छ।विकास र समृद्धिको मुद्धालाई मूर्त रुप दिन सरकारले आफ्ना सबै अंगलाई चुस्त वनाउदै प्रविधी मैत्री वातावरण तयार गर्न पनि राष्ट्रिय परिचय पत्रको ब्यबस्था गरिएको हो ।
कहिले बाट शुरू भयो?
“राष्ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान (digital solution) हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ । यसलाई सफलतापूर्वक आफ्नो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको छ भने कतिपय देशमा यसको सफल प्रयोग समेत भैरहेको छ । विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्याउनु हो । नेपाल सरकारले २०६६र०६७ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिनेछ र यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ भनी घोषणा अनुसार नेपाल सरकारको मिति २०६७र०३र१६ को निर्णयानुसार गृहमन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रुपमा मिति २०६७र०४र०१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र (National ID Management Center) को स्थापना भएको हो र पछि मिति २०७५र०६र२८ मा उक्त केन्द्र र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको केन्द्रीय पञ्जीकरण विभागलाई एकिकृत गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गर्ने निर्णय भए अनुसार राष्ट्रिय परिचयपत्रको काम समेत यसै विभागबाट हुदै आएको छ ।
राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई प्रकृयागत रुपमा अघि बढाउन “राष्ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५” , “राष्ट्रिय परिचयपत्र वितरणका लागि नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता तथा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५”, मन्त्रिपरिषद् र मन्त्रालयस्तरीय विभिन्न निर्णयहरुलाई आधार लिईंदै आइएकोमा मिति २०७६।१०।२८ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी भएपछि यसको लागि कानूनी आधार निर्माण भएको छ । मसिर तीन गते पाँचथरको फिदिम नगरपालिका ४ शान्तिपुरकी १ सय १ वर्षीय भगवतीदेवी भण्डारीलाई गृह मन्त्री रामबहादुर थापाले पहिलो पटक परिचयपत्र प्रदान गरी यस कार्यको शुभारम्भ भएको हो ।
राष्ट्रिय परिचयपत्र बनाउन के के लिएर जानु पर्छ?
राष्ट्रिय परिचय पत्र बनाउन जादा राष्ट्रिय परिचयपत्र बनाउने केन्द्रस्थलमा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपी , बाहिरी जिल्लामा नागरिकता बनेको भए बसाइँसराइको प्रमाणपत्र, जन्ममिति नखुलेको नागरिकताको हकमा जन्ममिति खुलेको प्रमाण, बिबाहित महिला जसको माइतबाट नागरिकता बनेको हकमा बिबाह दर्ता प्रमाणपत्र लिएर जानु पर्ने छ। सरकारको प्राथमिकता भित्र परेको यस कार्यक्रम, आ।व। २०७७र०७८ मा राष्ट्रिय परिचयपत्रको लागि १ करोड नागरिकको विवरण संकलन लक्ष्य लिइएको थियो।








