विमल योगी- दाङ,१८ असोज । घोराही उप९महानगपालिकाका मेयर नरुलाल चौधरीले कोरना महामारीका विचमा पनि नगरवासीले उल्लेख्य कर तिरेको भन्दै धन्यवाद दिनुभएको छ । कोरना महामारीका कारण पेशा व्यावसाय,रोजगारी गुमेको तथा अन्य कृषि उत्पादनको बिक्री समेत ठप्प भएको अवस्थामा पनि उप महानगरमा राजश्व संकलन उल्लेख्य मात्रामा भएको भन्दै यस कार्यमा संलग्न कर्मचारी तथा आमनगरवासीमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।
घोराही उप महागरपालिकाको राजश्व व्यवस्थापन शाखाले आज वडा सचिव र सहायक कर्मचारीका लागि राखेको राजश्व सम्वन्धि क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै उहाँले जनतालाई जोर जवरजस्ती र धम्की दिएर कर संकलन गर्नुभन्दा पनि रहरले कर तिर्नुपर्ने रहेछ भन्ने बातावरण बनाउन निर्देशन दिनुभयो । नगरवासीले तिरेको करले गर्दा नै अहिले गाँउगाँउमा पूर्वाधार तथा सामाजिक विकासले गति लिएको भन्दै उहाँले करको उपयोग,दायरा र फाइदाका विषयमा सवै सचेत हुनुपर्ने बताउनुभयो । उप९ महानगरपालिकाले जनतालाई कर तिर्न समस्या नहोस भनि अहिले सवै वडाबाट मालपोत,व्यावसाय तथा अन्य कर तिर्ने व्यवस्था गरिएको भन्दै मेयर चौधरीले जनतामा पनि विकासका लागि आत्मैदेखी कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्ने बताउनुभयो ।
दुई दिन सम्म चल्ने तालिममा आ.व.२०७८/०७९ को लागि उप महानगरपालिकाले तय गरेका करका दायराहरु,वडा तथा नगरमा राजश्व संकलनका क्रममा आईपरेका समस्याको समाधान,राजश्व संकलन तथा बैंक दाखिला,आन्तरिक तथा बाह्य लेखापरिक्षण तथा प्रशासनिक कार्यका बिषयमा प्रशिक्षण दिईने छ । तालिममा १९ वटै वडाका वडा सचिव र राजश्व संकलनमा संलग्न सहायक कर्मचारी गरी ४० जनाको सहभागिता रहेको छ । तालिममा राजश्व व्यवस्थापन शाखाका प्रमुख कृष्ण केसी,लेखा शाखाका प्रमुख लोकमणी शर्मा,प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य लगायतले प्रशिक्षण दिनुहुने छ ।
नेकपा एमाले ७ नं। वडा कमिटिद्धारा संगठन निर्माण तिव्र
दाङ,१८ असोज । नेकपा एमाले घोराही उप महानगरपालिका ७ नम्वर वडा कमिटीले संगठन सुढृडीकरण अभियानलाई तिव्रता दिएको छ । एमाले र माओवादी अलग अलग भैसकेपछि वडा संरचना क्रियाशिल नभएकाले अहिले टोल कमिटि तथा जनवर्गिय संगठन निर्माण कार्य तिव्र पारिएको वडा कमिटि अध्यक्ष गुरुप्रसाद चौधरीले बताउनुभयो । वडामा रहेका १३ वटै टोलमा कमिटी गठन गर्ने क्रममा बेलहरी,सगरमाथा र राजपुर टोलमा नेकपा एमालेको टोल कमिटि गठन गरिसकिएको छ । यसै क्रममा राजपुरमा सम्पन्न भेलाले आशाराम चौधरीको अध्यक्षतामा २३ सदस्सीय टोल कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा डिल्लीराज चौधरी,सचिवमा राम कुमारी चौधरी,कोषाध्यक्षमा कृष्ण चौधरी र सहसचिवमा राजेन्द्र चौधरी रहनुभएको छ । यस्तै सगरमाथा टोलमा भएको भेलाले नन्दराम भण्डारीको अध्यक्षतामा १९ सदस्सीय टोल कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राकेश बुढा,सचिवमा अर्जुन बि।क।,कोषध्यक्षमा बुधनी चौधरी,उपसचिवमा प्रदिप चौधरी रहनुभएको छ । यस्तै बेलहरी टोलमा गोविन्द बहादुर वलीको अध्यक्षतामा १७ सदस्सीय नेकपा एमालेको टोल कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा सशिराम रावत,सचिवमा ऋषीराम रेग्मी,कोषाध्यक्षमा सशिराम दशौदी,उपसचिवमा बसन्त केसी रहनुभएको छ । यस्तै वडामा माधव न्यौपानेको अध्यक्षतामा युवा संघ र चन्दा चौधरीको अध्यक्षतामा अनेमसंघ समेत गठन गरिएको छ । भेलामा वडा नम्वर ७ का वडा अध्यक्ष खोपीराम चौधरी,युवा नेता विकास चौधरी,माधव न्यौपाने,वडा सदस्य छन्द बहादुर केसी,सुशिला चौधरी,गोमा नेपाली लगायतले सहजीकरण गर्नुभएको थियो ।








