काठमाडौ – “नेपालको शान, संगीतको पहिचान” भन्ने नाराका साथ सोमबार काठमाडौँको चन्द्रागिरी हिल्स रिसोर्टमा नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१ सम्पन्न भएको छ ।अवार्डको पहिलो संस्करणमा फिल्म तथा गीतसंगीत क्षेत्रका कलाकर्मीको बाक्लो उपस्थिति थियो । श्री तुलसी मिडियाले अवार्ड आयोजना गरेको हो ।
चलचित्र निर्देशक समाजका महासचिव तथा निर्देशक जनकदीप पराजुली, संगीतकार राहुल प्रधान र गायक सुमन शेखर मानन्धर निर्णायक रहेको अवार्डमा गीतसंगीत क्षेत्रको विभिन्न ३५ विधामा अवार्ड, जुरी अवार्ड र पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो।
तिमी रिसाउदा गीतबाट गायक राहुल रक्सले सर्बोकृष्ट गायक (पप )को अवार्ड हात परेका छन् । प्रतिभाशाली गायक राहुल रक्सका केहि गीतहरु रिलिज भैसकेका छन भने केहि गीत हरु रिलिजको तयारीमा रहेका छन् ।











