अनेरास्ववियु जिल्ला सम्मेलनको सम्पुर्ण आवश्यक तयारी सम्पन्न

प्रकाशित मिति:

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले आफ्नो २३औं जिल्ला सम्मेलनको सम्पुर्ण आवश्यक तयारी सकिएको छ । (अनेरास्ववियु) रुपन्देहीले सम्मेलन बुटवलमा गर्ने भएको छ । देशभरीका सम्पुर्ण प्रगतिशील,जनवादी तथा देशभक्त विद्यार्थीहरु एक जुट होऔ भन्ने नाराका साथ शनिवार (भोली) लुम्बिनी वाणीज्य क्याम्पसको स्ववियु सभाहलमा सम्मेलन आयोजना गर्ने भएको हो ।

सम्मेलनमा एमाले उपमहासचिव एवं पुर्व उप प्रद्यानमन्त्री विष्णु पौडेल, नेकपा एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, नेकपा एमाले केन्दीय सदस्य सुनिता बराल,पार्टी जिल्ला कमिटी शिव सुबेदी, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डे, लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेल, सचिवालय सदस्य बालकृष्ण पाण्डे र लेखनाथ खनाल लगाएतको उपस्थित रहने अनेरास्ववियु रुपन्देहीले जनाएको छ ।

उक्त सम्मेलन  विहान १०ः३० बजेबाट सुरु हुने  ।