बुटवल, २३ असोज । रोटरी क्लव अफ बुटवल वर्ष २०२१÷२२ को १५ औं एवं क्लवको १३८५ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
बिजनेश एजेण्डा रहेको बैठकमा विजादशमी, तिहार, छठ एवं नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको थियो । त्यस अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्य मापदण्ड अपनाएर, सामाजिक दूरी कायम गर्दै र स्वास्थ्यको ख्याल गर्दै चाडपर्व मनाउन आग्रह गरेका थिए ।क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा क्लवका पुर्व अध्यक्ष डिल्लीकुमार श्रेष्ठले वर्ष २०१९÷२० को अवार्ड सेरेमनीबारे जानकारी गराएका थिए । उनले उक्त वर्ष क्लवले विभिन्न १५ वटा विधामा अवार्ड प्राप्त गरेको जानकारी दिए ।
बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए । त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद पराजुली रुपन्देही उद्योग संघको प्रथम उपाध्यक्ष एवं गोविन्द प्रसाद गैरे राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलको अध्यक्षमा निर्वाचित भएकोमा हर्षबढाईं गरिएको थियो ।बैठकमा क्लवका चार्टड प्रेसिडेन्ट हुतानन्द खनाल, निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठ, रोटरीयनहरु गोविन्द गैरे, गणेश ज्ञवाली, मन्जु थापालगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।









