कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति बाट जारी

प्रकाशित मिति:

काठमाडौं मंसिर २३ 

गत सोमबार मन्त्री परिषदमा निर्णय गरिएको भनिएको कर्मचारी समायोजन अध्यादेश संसद् मा छलफल नगरी राष्ट्रपति कार्यालयमा पुराएको छ, जुन आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण समेत गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार “कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ ” जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको सुचनामा जनाइएको छ ।

संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेको छ।

संसद् छलेर कर्मचारी समायोजन अध्यादेशमा आएकोमा सत्तारूढ दलकै सांसदले आपत्ति जनाएका थिए । अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजनमा जानुपर्ने बाध्यात्मक व्यवस्था छ। सरकारले मन्त्रिपरिषदरा पारित गरेर प्रमाणीकरणका लागि समायोजन अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो।