१ कात्तिक, काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।
यो प्रधानमन्त्रीका रुपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन बेलायत गएपछि देउवाको यो भ्रमण द्वीपक्षीय हुने छैन ।








