बाँकेमा ज्यान गुमाएका दुई महिलालाई न्याय दिलाउन १२ दिनदेखि अनसनरत रुबी खानले मंगलबार अनसन तोडेकी छन् । सरकारले दुवै महिलाको मृत्युबारे छानविन गर्न समिति गठन गरेपछि खानले अनसन तोडेकी हुन् । सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको छ ।राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएर उनको अनसन तोडाएकी हुन् ।
बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणबारे समितिले एक साताभित्र सत्यतथ्य पत्ता लगाउने भएको छ ।उनीहरूको घटनाबारे छानविनका लागि दबाब दिन बाँकेका १४ जना महिला २० दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका छन् ।








