धरानमा पहिरोले घर पुरियो, दिदीभाइको मृत्यु

प्रकाशित मिति:

धरान १३ मा पहिरोमा बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १३ को नागेश्वर मार्गमा खसेको पहिरोले निशान राईको घर पुरिँदा उनका छोरा र छोरी बेपत्ता भएका थिए ।

बेपत्ता ७ वर्षकी निसु राई र ४ वर्षका निहान राईको शव फेला परेको छ । उनीहरुको घरमा मंगलबार दिउँसो २ बजेतिर पहिरो खसेको थियो ।