बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रकाशित मिति:

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक सुरु भएको छ । बैठकले प्रदेश १ र बाग्मती प्रदेशमा सत्ता समीकरणको टुंगो लगाउने बताइएको छ ।

बैठकमा प्रधामन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एस०का अध्यक्ष माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव सहभागी छन् ।बाग्मती प्रदेशमा भोलि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने गरी प्रदेशसभा बैठक बस्दै छ । त्यसअघि नै गठबन्धनको बैठकले बाग्मतीको सत्ता समीकरण टुंगो लगाउने अपेक्षा गरिएको छ ।

आजको बैठकले प्रदेश १ मा र कर्णाली प्रदेशमा नयाँ सरकार बनाउनेबारे पनि छलफल हुने बताइएको छ ।