काठमाडौ । नेपाली राष्ट्रिय फुटवल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन सकारात्मक देखिएका छन । गत चैतमा नेपाली राष्ट्रिय फुटवल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका अब्दुल्लाहको नेतृत्वमा नेपाल हालै पहिलोपटक साफ च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो । यद्यपि, मैदानबाहिरका विभिन्न कारणले विवादित र सर्वत्र चर्चामा रहेका अब्दुल्लाले माल्दिभ्सबाट नेपाल नफर्किने बताएका थिए ।
बंगलादेशविरुद्धको बराबरीसँगै नेपाललाई इतिहासमै पहिलो पटक साफको फाइनलमा पुर्याएका अब्दुल्लाहले पत्रकार सम्मेलनमा आक्रोशित हुँदै नेपालबाट फाइनल नै अन्तिम खेल हुने घोषणा गरेका थिए । सोमाबार बिहान नेपाली टोली साफको उपविजेता बनेर स्वदेश फर्किँदा अब्दुल्लाह आएनन । अहिले कतारमा रहेका अब्दुल्लाहसँग अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्षलगायतले कुराकानी गरेसँगै उनी नेपाल फर्किन सकारात्मक देखिएका हुन ।









