मनिष गुप्ता कपिलवस्तु \ नेपाल सरकारले उत्साहन स्वारूप उखु कृषकहरूलाई २५ रूपया प्रति क्विन्टल दिने भएको छ । कपिलवस्तु किसान संघले गर्दै अएको चरणवध्य अन्दोलनमा कृषि मन्त्रलय,अर्थ मन्त्रलय ले अस्वासन मात्र दिदै अएको कुरा कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताएका छन । यस्तै साउन २९ गते देखि भाद्र१ गते सम्मा अन्सन बस्दा जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका प्रमुख अर्जुन पोख्रेलले किसानहरूको माग सम्बन्धित निकाय सम्मा पुर्याइ रकम उपलब्ध गराउने अस्वासन दिए पछि अन्सन तोडिएको थियो ।
तर नेपाल सरकारले कपिलवस्तु जिल्ला बाहेक अरू जिल्लाका किसानहरूलाई उपलब्ध गराएको हुनले कार्तिक २८ गते संघका अध्यक्षले जिप्रक मर्फत गृह मन्त्रलयलाई किसानले पाउनु पर्ने रकम नपाएको भन्दै ज्ञापनपत्र पठाएको जानकारी गराए जसमा लेखेको थियो कपिलवस्तु जिल्ला बाहेकका किसानले नेपाल सरकार बटा प्रोहतसाहन स्वारूप रकम पाएका छन र कपिलवस्तुका किसानले मंसिर १८ गते सम्मा रकम नपाए पछि १९ गते देखि फेरि अन्सन बस्नु पर्ने बध्यता हुन्छ । मंसिर १८ गते सम्मा कपिलवस्तुका किसानहरूको रकम उपलब्ध नभए पछि मंसिर १९ गते कपिलवस्तु किसान संघ इलका प्रशासन कार्यलय चन्द्रौटा अगाडि अन्सन बसेका थिए । अन्सन बसे पछि जिप्रक कपिलवस्तु का प्रमुख अर्जुन पोख्रेलले फेरि ३ दिनको समय लि अन्सन तोदनालाई भने र मंसिर २१ गते गृह मन्त्रलयले अर्थ मन्त्रलयलाई कपिलवस्तुका किसानहरूको रकम एक हप्ता भित्र उपलब्ध गराउने भन्ने अदेस दिएको पत्रमा उल्लेख छ ।












