टी२० विश्वकप : इंग्ल्यान्डको विजयी सुरुआत

प्रकाशित मिति:

काठमाडौं- आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ को समूह ‘ए’ को पहिलो खेलमा इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ। साविक विजेता वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले जारी प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।वेस्टइन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए। उनले २२ बलमा ३ चौका प्रहार गरे। यता, कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे।जासन रोय ११ रनमा आउट भए भने जोनी बेयर्सटोले ९ रन बनाए। मोइन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए। वेस्टइन्डिजका लागि अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए।यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १४।२ ओभरमा ५५ रनमा अलआउट भएको थियो।

वेस्टइन्डिजका क्रिस गेलले सर्वाधिक १३ रन बनाए। वेस्टइन्डिजका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।शिम्रन हिटमायर ९, कप्तान केइरन पोलार्ड ६, इभिन लेविस ६ तथा ड्वाने ब्राभोले ५ रनमा आउट भए।यता, अकिल होसेन ६ रनमा अविजित रहे। वेस्टइन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका स्पिनर आदिल राशिदले ४ विकेट लिए।

मोइन अली र टायमल्स मिल्सले २(२ विकेट लिए। क्रिस वोक्स र क्रिस जोर्डनको नाममा १(१ विकेट रह्यो।यस जितसँगै सुपर १२ को समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले २ अंक जोडेको छ। इंग्ल्यान्ड समूहको शीर्षस्थानामा छ। वेस्टइन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।