तिलोत्तमामा अचार बनाउने तालिम सुरु

प्रकाशित मिति:

बुटवल ,७ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीमा निःशुल्क अचार बनाउने तालिम सुरु भएको छ । हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा महिला उद्यमशिलता र सीप उन्नयनको लागि तीनदिने अचार बनाउने तालिम सुरु भएको हो । २०५२ सालमा स्थापना भएको सहकारीले महिला सदस्यहरुलाई स्वरोजगार बनाउँने उद्देश्य सहित तालिमको सुरुवात गरेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द शर्मा बस्यालले बताए ।

५ सय सदस्य रहेको सहकारीमा ६० प्रतिशत भन्दा बढि महिला सदस्य रहेको उनले जानकारी दिदैं महिलालाई सीप मुलक तालिमलाई निरन्तर सञ्चालन गरिने बताए । पहिलो चरणमा अचार बनाउने तालिम सुरु गरिएको र महिला सदस्यहरुको चाहाना अनुसार सहकारीले सीप मुलक तालिम सञ्चालन गरिने बताए । बस्यालले सीप सिकेर घरमै अचार बनाउन सक्नेको लागि सहकारीले ऋण र बजारिकरणमा सहयोग गर्ने जानकारी दिए । पहिलो चरणमा ३५ जना महिला सदस्यहरुलाई तालिममा सहभागिता रहेको सहकारीका सचिब गणेश प्रसाद सुवेदीले जानकारी दिए ।

च्याउ, करेला , खुर्सानी , माशु , मेथी, लसुन , मिक्स अचार बनाउने तालिम दिईने कार्यक्रम संयोजक दिपक ढकालले बताए । ३ दिनसम्म तालिम सञ्चालन हुने र सी सिकेर स्वरोजगार बन्न चाहानेलाई सहकारीले सहयोग गर्ने उनले बताए । सहकारीले तालिम सञ्चालनको लागि ८० लाख बजेट छुट्टाएको ढकालले बताए । रुपन्देही उद्योग संघका सचिब मञ्जु भुषाल बेलबासेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा गोपाल प्रसाद न्यौंपाने , होमनाथ ज्ञवाली , ईन्द्रिया गंैरे लगातयले बोलेका थिए ।