राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति:

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भने, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।” प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गर्नुभएको भेटमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था र प्रतिनिधिसभाका चार सदस्य तथा प्रदेशसभाका १८ रिक्त सदस्यको उप निर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचनसम्बन्धी कानूनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुनका विषयमा पनि सो अवसरमा छलफल भएको थियो । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली सङ्कलन गर्ने तथा बाह्य जिल्लाका मतदाता नामावली दर्ताका विषयमा पनि छलफल भएको थियो ।अदालतको आदेश अनुरुप विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानूनी तथा प्राविधिक विषयमा पनि छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोग र अन्तरगत कार्यालयको भौतिक सुधारका विषयमा पनि छलफल भएको थियो ।सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरालगायत उपस्थित रहेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए ।प्रधानमन्त्री देउवाले भने, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।” प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गर्नुभएको भेटमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था र प्रतिनिधिसभाका चार सदस्य तथा प्रदेशसभाका १८ रिक्त सदस्यको उप निर्वाचनका विषयमा छलफल भएको थियो ।निर्वाचनसम्बन्धी कानूनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुनका विषयमा पनि सो अवसरमा छलफल भएको थियो । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली सङ्कलन गर्ने तथा बाह्य जिल्लाका मतदाता नामावली दर्ताका विषयमा पनि छलफल भएको थियो ।अदालतको आदेश अनुरुप विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानूनी तथा प्राविधिक विषयमा पनि छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोग र अन्तरगत कार्यालयको भौतिक सुधारका विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरालगायत उपस्थित रहेका थिए ।

 

थप समाचार