काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि दुई नयाँ टोलीको घोषणा गरिएको छ। १५औं सिजनको प्रतियोगिताको लागि अहमदावाद र लखनउ दुई नयाँ टोली थपिएका हुन्। योसँगै अर्को सिजनको प्रतियोगितामा सहभागी हुने टोलीको संख्या १० पुगेको छ। सोमबार सञ्जीव गोयन्काको कम्पनी आरपीएसजीले लखनउको फ्रेन्चाइजी र ईसीवीसी क्यापिटलले अहमदावादलाई खरिद गरेको हो।
सञ्जीवको कम्पनी आरपीजीएसले लखनउको टोली किन्नको लागि कुल ७ हजार करोड रुपैयाँको बोली लगाएको थियो। जुन सबैभन्दा बढी थियो।एक अन्तर्राष्ट्रिय लगानी फर्म सीभीसी क्यापिटलले ५२०० करोड रुपैयाँको लागि बोली लगाएर दोस्रो टोलीको अधिकार प्राप्त गरेको छ। अन्य सबै ठूला नामहरूलाई पछाडि छोडेर यी कम्पनीले दुई नयाँ टोली खरिद गरेका हुन्।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०ले दुबईमा यो लिलामी र बोलीको व्यवस्था गरेको थियो। बोलीदाता दुबईमा थिए।
एक टोलीमा चार जनासम्म खेलाडी राख्न सकिन्छ। नयाँ टोलीलाई मेगा अक्सनमा बाहिरबाट दुई जना खेलाडी खरिद गर्ने अधिकार दिने व्यवस्था बीसीसीआईले गरेको छ। अर्को वर्ष आईपीएलका लागि मेगा अक्सन पनि अब हुने बीसीसीआईले जनाएको छ।











