छोराको नागरिकता बनाउन लाइनमा बसेकी महिलाको मृत्यु

प्रकाशित मिति:

कैलालीमा नागरिकता बनाउने लाइनमा बसेकी महिलाको मृत्यु भएको छ । छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको हो ।

मंगलबार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला जिल्लाको घोडाघोडी नगरपालिका– १२–की सीतादेवी चौधरीको बेहोस भई ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार लाइनमा पालो कुरेर बसेकी चौधरी एकाएक बेहोस भएर ढलेकी थिइन् । मृतक चौधरीको शव परिवारले बुझेको छ । उनी २ वर्षदेखि अस्वस्थ रहेको परिवारस्रोतले जनाएको छ ।