मंसिरमै महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्न निर्वाचन समितिलाई देउवाको निर्देशन
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले मंगलबार पदभार ग्रहण गरेका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।पदभार ग्रहणसँगै क्षेत्रीले पहिलो कामको रुपमा तीन महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने उद्घोष गरेका छन् ।
‘तीन महिना, तीन काम’ मेरो पहिलो प्राथमिकता भैरहवा विमानस्थल र पोखरा विमानस्थल हुनेछ । यी दुई अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम तीन महिना भित्र सकेर सञ्चालनमा ल्याउने छु’ महानिर्देशक क्षेत्रीले रातोपाटीसँग भने ।यस्तै, अघिल्लो सरकारकै पालमा शुरु गरिएको बुटिक विमानस्थलको अवधारणामा स्तरउन्नती हुँदै गरेको त्रिभुवन विमानस्थलको बाँकी काम समेत जतिसक्दो छिटो सक्ने क्षेत्रीले बताए ।
यसअघि क्षेत्री क्यानका निमित्त महानिर्देशक थिए । क्यानका निवर्तमान महानिर्देशक राजन पोखरेल निवृत्त भएसँगै कार्यवाहक निमित्तको जिम्मेवारी पाएका क्षेत्रीले आजबाट फूल महानिर्देशकको जिम्मेवारी पाएका हुन् । प्राधिकरण सञ्चालन तथा कर्मचारी व्यवस्थापन ऐनमा संशोधन नभए अब क्षेत्रीको कार्यकाल ४ वर्षको हुनेछ ।








