काठमाडौँ । युएइमा जारी टी ट्रवेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। यससँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बनेको छ।पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा अर्को बलियो दाबेदार न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्योे।समुह दुईमा लगातार दोस्रो जितसँगै पाकिस्तान ४ अंकका साथ शिर्ष स्थानमा छ। राम्रो रनरेटमा जित निकालेको अफगानिस्तान २ अंकका साथ दोस्रो स्थानमा छ।अब पाकिस्तानले अफगानिस्तान र स्कटल्यान्डसँग खेल्ने छ। पाकिस्तान बाहेक अन्य सबै टीमले समान १ खेल खेलेका छन्। जितविहिन रहेका न्युजिल्यान्ड, भारत र स्कटल्यान्ड समान १ हारका साथमा तेस्रो चौंथो र पाँचौं स्थानमा छन्।
टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो। जवाफमा पाकिस्तानले ८ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ड्यारी मिचेल र डभोन कनवेले समान २७ रन बनाए । त्यस्तै कप्तान केन विलियमसनले २५ रन बनाउँदा मार्टिन गुप्टिलले १७ रन बनाए। त्यस्तै ग्लेन फिलपले १३ रनको योगदान दिए।पाकिस्तानका लागि हरिस रौफले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २२ रन दिएर ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच भए। त्यस्तै मोहम्मद हाफिज, सहिन शाह अफ्रिदी तथा इमाद वासिमले १(१ विकेट लिए।
जवाफमा पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रन बनाउँदा सोएब मलिक र असिफ अलिको साझेदारी निर्णायक रह्यो । मलिक र अलीले छैटौं विकेटका लागि २३ बलमा ४८ रनको साझेदारी गरेका थिए ।मलिकले २० बलमा २७ रनको अविजित इनिङ खेल्दा असिफले पनि १२ बलमा ३ छक्काको सहयोगमा २७ रनमै अविजित रहे। पाकिस्तानका लागि त्यसअघि ओपनर बाबर अजाम ९ रन तथा फकर जमान, मोहम्मद साफिज र इमाद वासिमले समान ११(११ रन बनाएका थिए ।न्युजिल्यान्डका लागि इसा सोदिले २ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्ट, मिचेल सान्टनर, टिम साउदी, ट्रेन्ट बोल्टले समान १(१ विकेट लिए। एक समय ८७ मा ५ विकेट लिएपछि पाकिस्तानको इनिङ धर्मराएको थियो। तर सोएब र असिफले सुझबुझपुर्ण ब्याटिङ गर्दै पाकिस्तानको संकट टारे।











